मन्त्री पण्डितले ढाँटे : बिरामी भन्दै समितिको बैठकमा सहभागी भएनन्

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार समितिले पण्डितलाई बोलाएको थियो । अन्तिम समयमा उनले सचिव दिनेश थपलियामार्फत आफू बिरामी परेकाले सहभागी हुन नसकेको खबर पठाए ।

‘मन्त्रीज्यू बिरामी भएर आउन नसकेकाले अध्यादेशबारे केही जानकारी दिन म समितिमा आएको छु,’ समिति सभापति शशि श्रेष्ठले बोल्ने समय दिनेबित्तिकै थपलियाले भने, ‘अध्यादेश मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन भएकाले मैले धेरै कुरा भन्न मिल्दैन ।’

Advertisement

त्यही समय पण्डित भने मन्त्रालयमै कार्यकर्ता र अन्य व्यक्तिसँग भेटघाटमा व्यस्त थिए । ‘मन्त्रीज्यू आफ्नै काममा व्यस्त हुनुभएकाले समितिको बैठकमा जान सक्नुभएन,’ मन्त्रीका स्वकीय सचिव मनोज राईले भने, ‘दिनभरि नै मन्त्रालयमा व्यस्त हुनुभयो, ४ बजे निवास फर्कनुभयो ।’ समिति बैठक ५ बजेसम्म चलेको थियो ।

सचिवले मन्त्री बिरामी भएको सुनाए पनि सांसदले विश्वास गरेनन् । नेकपाका कृष्णगोपाल श्रेष्ठले व्यंग्य गरे, ‘बिरामी भएर आउन नसकेको त भन्नुभयो, भरे फेरि टीभीमा भाषण गरेको समाचार आउला, त्यो पनि रोक्न भन्नुस् ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top