१८५ नगरपालिकामा नयाँ शहर बन्दै, नेपाल-चीन नाकामा अत्याधुनिक शहर

१२ मंसिर ७५, बिहीबार

काठमाडौं,मंसिर १३

Advertisement

देशभरका १८५ ओटा नगरपालिकामा नयाँ शहर बन्ने भएको छ । त्यसका लागि अध्ययनको काम भइरहेको शहरी विकासमन्त्री मोहम्मल इस्तियाक राईले जानकारी दिए ।

विकास समितिको आजको बैठकमा मन्त्री राईले त्यस्ता शहरहरुले हिमालदेखि तराईसम्मलाई समेट्ने भन्दै हिमालका लुक्ला, स्याप्रुबेंसी, जोमसोम, सिमिकोट र मार्तडीमा समेत अत्याधुनिक शहर बन्ने जानकारी दिए ।

Advertisement

मन्त्री राईले नेपाल-चीन जोड्ने प्रमुख नाकाहरुमा समेत त्यस्तो शहर बनाउने प्रक्रिया अघि बढेको समितिको बैठकमा जानकारी दिए ।

मन्त्री राईले जनता आवास कार्यक्रमको नाममा ठगी भएको आफूले पनि जानकारी पाएको भन्दै त्यसमा अनुसन्धान गरी त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्ने बताए ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top