प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय जोडीलाई चर्चकी प्रमुखले आशीर्वाद दिने

k|wfgdGqL s]kL zdf{ cf]nL / pxfFsL >LdtL ;dIf k|wfgdGqL lgjf;, afn'jf6f/sf] ;fFrf] x:tfGt/0f ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ : एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चाकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ ।

कान्तिपुरलाई प्राप्त सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकको दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।