महिनाबारी भएका छात्रालाई प्याड बितरण

१५ मंसिर ७५, शनिबार

विराटनगर, मंसिर १५
विराटनगर महानगरपालिकाको सहयोगमा नगर बाल क्लब संजालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतना शिविर सम्पन्न गरेको छ ।

Advertisement

विराटनगरको वडा नम्बर १८ स्थित जनक आधारभूत विद्यालयमा शनिबार गरिएको सचेतना मूलक शिविरमा अहिले पनि धेरै छात्राहरु महिनावारीको समयमा विद्यालय छाडने गरेको बाल क्लबका अध्यक्ष श्याम गुप्ताले जानकारी दिए ।

अधिकांश विद्यार्थीहरु कपडा प्रयोग गर्ने गरेको भेट्टिएका छन् भने कतिपयले त महिनावारीको समयमा कपडा र प्याड दुवै नै प्रयोग नगरेको पाइएको गुप्ताले जानकारी दिए ।

Advertisement

शिविरमा छात्राहरुलाई समूह समूहमा विभाजन गरेर महिनावारीको बिषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले हाम्रो समाजमा अहिले पनि महिनावारी, यौन प्रजनन् जस्ता बिषयहरु खुलेर बहस हुन नसकेकाले विभिन्न समस्या निम्त्यिएको बताए ।

Advertisement

यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख इन्दिरा कार्कीले विद्यार्थीहरुलाई विद्यालयमा पठनपाठनका निम्ति सहज होस् भन्ने उद्देश्यले महिनावारी भएको समयमा सामुदायिक विद्यालयमा नै प्याड लगायतका आवश्यक सरसफाईका सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा महिनावारी भएका छात्राहरुलाई प्याड वितरण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top