विराटनगर, मंसिर १५
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ ।
सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर छ ।
स्वतन्त्र युवाहरुको समूहले अहिले यही अभियान चलाइरहेको छ र अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान गरेको छ ।
यो समूहले काठमाडौं उपत्यकासहित, कास्कीलगायतका जिल्लाका सार्वजनिक स्थानमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर अंकित पोस्टर टाँसेको थियो ।
तर, प्रहरीले पोस्टर च्यात्ने र पोस्टर टाँस्नेहरुलाई पक्रिने गर्दै आएको छ ।