बिराटनगर, मंसिर १६
नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)ले कंञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका अपराधीलाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै आइतबार बिराटनगरमा बिरोध प्रर्दशन गरेको छ ।
नेकपा कोशी ब्युरोले बिराटनगर महानगरपालिका १० संसारीमाईस्थानबाट जुलुस निकालेर बिरानगर बजार परिक्रमा गर्दै बिरोध प्रर्दशन गरेको हो । जुलुसमा सहभागिले निर्मालालाई न्याय दे,समाजबादी बैज्ञानिक समाजबाद स्थापना गरौ , संसदीय व्यवस्था मुर्दाबाद लगायतका नारा लगाएका थिए ।
नारावाजी सहितको जुलुसले बिराटनगर बजार परिक्रमा गरिसकेपछि चुलाचुली रोडमा कोणसभा आयोजना गरेको छ । कोणसभालाई सम्बोधन गदै विप्लवका स्थानीय नेताहरुले निर्मला पन्तका अपराधीलाई सरकारले संरक्षण दिएकोले घटनाका दोषीलाई पक्राउ गर्न सरकारले नै नचाहेको आरोप लगाएका थिए ।