काठमाडौं,मंसिर १६
काठमाडौं र निजगढलाई जोड्ने ७६.२ किलोमिटर लामो फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले धमाधम गरिरहेको छ ।कोरियाली कम्पनी सुसुङले माघ मित्रै डीपीआर निर्माण गर्ने गरि काम अघि बढाएको छ र ५० प्रतिशत काम सम्पन्न गरेको बताएको छ । ५४ किलोमिटर खण्डमा कटिङ र फिलिङको काम सम्पन्न भैइरहेको छ ।
१५०६९ रोपनीमध्ये ९५ प्रतिशत जमिन अधिग्रहण सम्पन्न भैसकेको छ । ९९ सय वटा पुलमध्ये ठूला ७, मूख्य ५७ र सामान्य ३५ वटा पुल निर्माण हुनेछ । ठूला र मुख्य पुलहरुको निर्माणका लागि ६ वटा विदेशी कम्पनी प्रारम्भिक छनौटमा परिसकेका छन् ।
एसियाली विकास बैंकले प्रस्ताव गरेको १ दशमलब ३५ किलोमिटर लामो ११ मिटर चौँडाई र ५ मिटर उचाईको सुरुङको साटो सेनाले ६.०७ किलोमिटर लामा अन्य ३ वटा सुरुङ प्रस्ताव गरेको छ । तर त्यसलाई मन्त्रिपरिषद बैठकले पास गर्नुुपर्ने सेनाका उपरथी तथा आयोजना प्रमुख योगेन्द्र खाँणले बताए । सेनाले परामर्श दाता छनौटका लागि पनि टेण्डर आव्हान गरिसकेको छ ।
सांसदहरुले डीपीआर बिनै सडक निर्माणको काम अघि बढाएको भन्दै आलोचना पनि गरेका छन् । तर सेनाले पनि एसियाली विकास बैंकले गरेको अध्ययन, सेनाले गरेको विस्तृत इञ्जिनियरिङ सर्भे, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा डीपीआर तयार हुने बताउँदै आएको छ ।
काठमाडौंको प्रस्थान विन्दु खोकना हुने की फर्सिडोल हुने भन्ने बहसका बीच सेनाले भने खोकना नै उपयुक्त विकल्प हुने धारणा राखेको छ ।
संसदको विकास तथा प्रबिधि समितिले फास्ट ट्रयाकको निर्माणमा खटिएका कामदारहरुको मनोबल बढाउन न्युनतम सेवा सुबिधा उपलब्ध गराउन ध्यानाकर्षण पनि गराएको छ ।
एशियन हाइवे प्राइमरी क्लासको फास्ट ट्रयाकको स्पीड लिमिट न्युनतम १२० किलोमिटर हुने भनिएको छ ।(विकास न्युजबाट)