स्वास्थ्य सेवा निर्देशनालयका सहसचिव एक लाख रुपैयाँ घुससहित पक्राउ

१६ मंसिर ७५, सोमबार

पोखरा,मंसिर १६
स्वास्थ्य सेवा निर्देशनालय अन्तरगत क्षेत्रीय कार्यालय पोखरामा कार्यरत एकजना सहसचिव एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार सहसचिव डा तारानाथ पौडेललाई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरिएको हो ।

उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको दंगालले बताए । पौडेलले एकजना युवालाई लोकसेवा आयोगामा जागिर लगाइदिने आश्वासन देखाएर घुस लिएका खुलेको दंगालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top