एजेन्सी,मंसिर १७
वेस्ट इन्डिजसँगको दुई टेस्ट श्रृंखलामा घरेलु टोली बंगलादेशले २ – ० ले जित्दै क्लिन स्विप गरेको छ । आईतबार शेर बंगला नेशनल स्टेडियममा सम्पन्न दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई १ सय ८४ रनको इनिङ्स अन्तरले पराजित गर्दै बंगालादेशले क्लिन स्विप गरेको हो ।
बंगालादेशको लागि स्पिनर मेहदी हसन मिराजले १२ विकेट लिए । हसनले पहिलो इनिङसमा ७ र दोस्रोमा ५ विकेट हात पारे । ५ विकेटको क्षतिमा बनाएको ७५ रनबाट तेस्रो दिनको खेल थालेको वेस्ट इन्डिज पहिलो इनिङसमा १ सय ११ रनमा समेटिएपछि बंगलादेशले पुन ब्याटिङ गर्न दिएको थियो ।
दोस्रो इनिङसमा आइतबारनै ५९.२ ओभरमा अल आउट हुदैँ २ सय १३ रनमा समेटिएपछि बंगलादेश फराकिलो इनिङ्स अन्तरले विजयी भएको हो । वेस्ट इन्डिजका लागि दोस्रो इनिङसमा सिम्रोन हिटम्येरले ९३,शाइ होप २५ र केमर रोच ३७ रनमा नट आउट रहे भने अन्य कुनैपनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
बंगलादेशले पहिलो इनिङसमा ५ सय ८ रन बनाएको थियो । यसअघि भएको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ६४ रनले पराजित गरेको थियो । अब यी दुई टोलीबीच समान तीन वान डे र टी–२० श्रृंखला हुने छ भने पहिलो वान डे खेल ढाकामा आगमी ९ डिसेम्बरमा हुने छ ।