कानुनका लागि सरकारले चाँडै अधिवेशन बोलाउनु पर्छ : सभामुख महरा

विराटनगर, मंसिर १७
सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानुन बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो सरकाले हिउँदे अधिवेशन बोलाउनु पर्ने बताएका छन । उनले बढीमा पुसको पहिलो साता भित्र हिउँदे अधिवेशन बोलाउन सरकारसंग आग्रह गरे ।

विराटनगर विमानस्थलमा सोमबार स्थानीय संचारकर्मीसंगको कुराकानीमा सभामुख महराले भने‘२१ फागुन भित्र ३ सय बढी कानुन निर्माण गर्नुपर्ने समयसिमा छ,त्यसका लागि जतिसक्दौ चाँडो सरकारले हिउँदे अबिधेशन आब्हान गर्नु जरुरी छ’। उनले हिउँदे अधिवेशन बोलाउने बिषयमा प्रधानमन्त्रीसंग पनि छलफल भई रहेको पनि जानकारी दिए ।

Advertisement

उनले संविधानत् २१ फागुन भित्रको एक बर्षको समयमा संघीय संसदले ३ सय बढी संविधानसंग बाझिएका कानुनहरको परिमार्जन र संसोधन गर्नु पर्ने जानकारी दिए । उनले गएको २१ फागुनमा संसद अबिधेशन शुरु भएकाले त्यसको एक बर्ष भित्र संघीय संसादले ती कानुन परिमार्जन र संसोधन गर्न अब तीन महिना मात्र बाँकी रहेको बताए ।

अर्को एक प्रसंगका सरकारको काम गर्ने दिशा स्पष्ट भएपनि कार्यान्वयको पक्षमा फितलो भएको टिप्पणी गरे । ‘सरकारको कतिपय अबस्थामा प्रफमेन्श पुगेको छैन,सत्य कुरा हो,तर सरकारलाई अप्ठ्यारो पनि छ’ उनले भने‘ बाहिर आलोचना गर्न जति सजिलो छ,सरकारले संघीयता कार्यान्वय गर्न यतिकै गाह्रो अबस्था छ’।

Advertisement

उनले सरकारले पछिल्ला समय महिला हिंसा बिरुद्धको अभियान र योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम लोकप्रिय रहने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top