तरुण दललाई जिल्ला प्रशासन प्रवेशमा सकस

१७ मंसिर ७५, सोमबार
Share this
658shares

विराटनगर, मंसिर १७
महँगी, कालोबजारी, हत्या, हिंसाको विरुद्धमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन गएको मोरङ तरुण दलको टोलीलाई कार्याल प्रवेशमा सकस भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाउन गएको टोलीलाई प्रहरीले कार्यालय प्रवेश गर्न रोकेपछि केहीबेर प्रहरी र तरुणका कार्यकताबीच घम्साघम्सी भएको थियो ।

प्रहरीको घेरा तोडेर तरुणदलका कार्यकर्ता सिडियो कार्यालय भित्र प्रवेश गरी सरकार विरोधी नाराबाजी गरेका थिए । उनीहरुले हत्या, हिंसा कलोबजारी नियन्त्रण गर, प्रहरी हस्तक्षेप मुर्दाबाद , निर्मलालाई न्याय दे लगायतका नाराबाजी गरेका थिए ।

Advertisement

उनीहरुले अबिलम्ब निर्मलाका हत्यारालाई कार्वाही गरियोस्, मूल्यवृद्धि नियन्त्रण गरियोस्, दैनिक उपभोग्य सामाग्रीहरु चुस्त र दुरुस्त बजार अनुगमन गरियोस्, शान्ति सुरक्षा कायम गरियोस् भन्ने मागहरु राख्दै मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पठाएका छन् ।

Advertisement

यदी आफ्ना मागहरुलाई वेवास्ता गरेमा सरकारका विरुद्धमा जस्तो सुकै कदम उठाउन पछि नपर्ने तरुण दल मोरङका अध्यक्ष संजय थापाले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अभिकारी केसीले प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पठाउने बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top