मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला खतिवडा मिस वर्ल्डकाे फाइनलमा

मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला खतिवडा मिस वर्ल्डकाे फाइनलमा

एजेन्सी, मंसिर १७
चीनमा जारी मिस वल्र्ड २०१८ मा मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला खतिवडाले अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।
ओभरअल मल्टिमिडिया फाइनालिस्टमा परेका नेपाल, मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला अन्तिम ३० मा स्थान सुरक्षित गर्न सफल भएकी हुन् ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।

मिस वल्र्डको यो घोषणापछि श्रृंखलालाई नेपाल तथा विश्वभरबाट बधाइको ओइरो लागेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.