एजेन्सी, मंसिर १७
चीनमा जारी मिस वल्र्ड २०१८ मा मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला खतिवडाले अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।
ओभरअल मल्टिमिडिया फाइनालिस्टमा परेका नेपाल, मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला अन्तिम ३० मा स्थान सुरक्षित गर्न सफल भएकी हुन् ।
मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।
मिस वल्र्डको यो घोषणापछि श्रृंखलालाई नेपाल तथा विश्वभरबाट बधाइको ओइरो लागेको छ ।