सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता

सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता

काठमाडौं : सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ ।

महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो ।

आव २०७४÷०७५, २०७३र०७४ र २०७२÷७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको  छ ।

हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ। तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तिनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाउन सकेका छैनन्।, आजको कारोवार दैनिकमा खबर छ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.