अन्तर प्रदेश समन्वय बैठक विवाद निरूपणको ’आइस ब्रेक’ : मुख्यमन्त्री राई

१८ मंसिर ७५, मंगलबार
Share this
736shares

विराटनगर, मंसिर १८
प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईले अन्तर प्रदेश समन्वय बैठकमा कर्मचारी भर्ना, अधिकारको बाँडफाँड लगायतका विषयमा देखिएका विवादको समाधान खोजिने बताएका छन ।

Advertisement

मुख्यमन्त्री राईले मंगलबार विराटनगरस्थित आफनै निवासमा संचारकर्मीसँग कुराकानी गर्दे संघीयता कार्यान्वयनको पहिलो चरणमा देखिएका समस्या समाधान गर्न बैठक महत्वपूर्ण हुने दाबी समेत गरे ।

‘बैठकमा कर्मचारी व्यवस्था, चलअचल, भौतिक सम्पत्ति र संरचनाको स्वामित्व बाँडफाँडका विषयमा छलफल हुन्छ ।’मुख्यमन्त्री राईले भने, ‘यसैगरी प्रदेश प्रहरी लगायतका सुरक्षा निकायको सञ्चालनजस्ता विषय पनि टुंगो लगाइनेछ ।’

Advertisement

उनले लामो समयपछि बस्ने बैठकले संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद निरूपणका लागि आइस ब्रेक गर्नेपनि बताए । लामो समयसम्म बैठक बस्ने नसकेपछि प्रधानमन्त्रीको आलोचना भइरहेको थियो ।

अन्तर–सरकार वित्त परिषद्को बैठक भने यस अघि नै वैशाख अन्तिममा एकपटक बसिकेको छ । मुख्यमन्त्री राईले संघीयता कार्यन्वयका लागि आश्यक कानून र संरचना निर्माणका लागि बैठकमा जोड तोडका साथ कुरा उठाइनेपनि जानकारी दिए।

Advertisement

सरकारले २३ मंसिरमा संघ र प्रदेशबीच राजनीतिक विवाद समाधानका लागि अन्तर–प्रदेश बैठकको आब्हान गरेको छ । लामो समयपछि सो परिषद्को बैठक दोस्रोपटक आह्वान गरिएको हो ।

पहिलोपटकको बैठक भदौ २४ गते बोलाइए पनि प्रधानमन्त्री केपीशर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । संघ र प्रदेश सरकारबीच विवाद बढ्दै गइरहेका वेला प्रधानमन्त्री ओलीले मंसिर २३ गते अन्तर प्रदेश परिषद्को बैठक बोलाएका हुन् ।

बैठकमा सबै मुख्यमन्त्रीहरू बसेर औँल्याएका प्रदेशहरूका साझा समस्याबारे छलफल गरी समाधानको निकास खोजिने बताइएको छ । अहिले विशेष गरी अधिकारका विषयमा संघ र प्रदेश सरकारबीच विवाद देखिँदै आएको छ ।

परिषद् बैठकभन्दा पहिले अन्तर–सरकारी वित्त परिषद्को बैठक बस्नेछ । अर्थमन्त्री संयोजक रहने सो परिषद्मा सातै प्रदेशका अर्थमन्त्री, प्रत्येक प्रदेशबाट स्थानीय सरकारका प्रमुख एकजना र उपप्रमुख १ जना गरी १४ प्रतिनिधि हुन्छन् ।

यी १४ मध्ये सात जना महिला हुनै पर्ने कानुनी व्यवस्था छ । त्यसबाहेक एक महिलासहित तीन जना विज्ञ रहन्छन् । यो परिषद्ले पनि प्रदेशहरूले भोगिरहेका चुनौती र गर्नुपर्ने कामको समीक्षा गर्नेछ ।

प्रधानमन्त्री कार्यालयले देखिएका समस्याहरूको टिपोट गर्न सचिवको नेतृत्वमा तीन वटा टोली पनि प्रदेशमा खटाएको थियो । अन्तर–प्रदेश परिषद्को बैठकअघि नै वित्त आयोगमा आयुक्तहरू नियुक्त हुनेछन् । आयोगमा अहिले सचिव र कर्मचारी मात्र छन् ।

आयोगले संघ, प्रदेश र स्थानीय सरकारबीच आर्थिक स्रोतको बाँडफाटको व्यवस्था गर्नेछ । प्रधानमन्त्रीले बैठक बोलाएपछि मुख्यमन्त्रीहरू पोखरामा भेला भएर उनलाई के सुनाउने भनी छलफल गरेका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा केन्द्र सरकारका गृहमन्त्री, अर्थमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरू सदस्य हुन्छन् । परिषद्को बैठक प्रधानमन्त्रीले आवश्यकताअनुसार बोलाउन सक्ने संवैधानिक प्रावधान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top