विराटनगर,मंसिर १८
विराटनगरस्थित कोशी अन्चल अस्पतालमा एसीको अभावमा प्रसुतिसेवा प्रभावित भएपछि विराटनगर महानरपालिकाले ५ थान एसी अस्पताललाई सहयोग गरेको छ । महानगरपालिकाले ३ लाख ५० हजार मूल्य बराबरको ए.सी अस्पताललाई हस्तान्तरण गरेको हो ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले मंगलकार अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर रोशन पोखरेललाई अस्पताललाई आवश्यक पर्ने ५ थान ए.सी हस्तान्तरण गरेका हुन । मेसु पोखरेलले अस्पतालको बच्चा वार्ड तथा लेबर रुममा ए.सी नभएकाले प्रसुति गराउन आएका महिलाहरुलाई समस्याहुने गरेको बताएपछि महानगरपालिले ए.सी.को व्यवस्था गरेको प्रमुख पराजुलीले जानकारी दिए ।
उनले थप २ वटा ए.सी महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धतापनि जनाए । यसैगरी महानगरपालिकाले कोशी अञ्चल अस्पतालको ढल व्यवस्थापनका लागि १० लाख रुपैया छुट्टयाइसकेको उनले जानकारी दिए । एसी अस्तान्तरण कार्यक्रममा महानगर प्रमुख पराजुली र अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले प्रसुती तथा बच्चा वार्डको अनुगमन गरेका थिए ।