बुद्धोदयको १० औँ साभारणसभा सम्पन्न

बुद्धोदयको १० औँ साभारणसभा सम्पन्न

विराटनगर, मंसिर १९
विराटनगर–३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाकाम अबसरमा शहकारीले ज्येष्ठ दस्य, नियमित बचतकर्ता, अशल ऋणी र उत्कृष्ठ कर्मचारीलाई पुरस्कृत गरेको छ ।

सो अवसरमा बुद्धोदय उत्कृष्ठ पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विक्रम निरौलालाई पुरस्कृत गरिएको छ । त्यस्तै साधारणसभाका अबसरमा आयोजित विभिन्न खेलकुद खेलकुद प्रतियोगिताका विजयीलाई समेत पूरस्कृत गरियो ।

पूरस्कृत सवैलाई विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, सहकारीका अध्यक्ष गोविन्दप्रसाद दाहाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अबसरमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर पराजुलीले सहकारीका सदस्यहरुलाई ऋण प्राप्त गर्न व्याजमा सरलिकृत गर्न महानगरले नयाँ सहकारी निति ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला शहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौला, व्यवसायी तुलसी पोखरेल लगायतले बुद्धोदय सहकारी विराटनगरमै नमुना संस्था वन्स सफल भएको बताए ।

साधारणसभाले बन्द शत्रमा संस्थाका अध्यक्ष दाहालले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक अविनाश निधिले पेश गरेको लेखा प्रतिवेदन पारित गरेको छ ।

वि.संं २०६५ सालमा ६३ जना शेयर सदस्यहरुबाट सुरु भएको सो सहकारीमा हाल ६ सय ७६ शेयर सदस्य पुगेका छन् । सहकारीको निक्षेप ५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

करीब २ करोड शेयर पुजी रहेको सो सहकारीको बैंक मौज्दात १ करोड ३० लाख ९७ हजार रुपैयाँ रहेको छ भने संस्थाले ६ करोड ५९ लाख रुपैयाँ ऋण लगानी गरेको साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाको आफ्नै जग्गामा कार्यालय भवन र सभाहल रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.