विराटनगर, मंसिर १९
विराटनगर–५ स्थित गन्तब्य बचत तथा ऋण सहकारी संस्थाको ७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले उद्घाटनग गरेका छन् ।
सो अबसरमा बोल्दै कार्कीले सहकारीका माध्यमबाट समाजको आर्थिक अवस्थामा सुधार आउने भएकाले प्रदेशको छुट्टै सहकारी ऐन निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिका केन्द्रीय अध्यक्ष अञ्जु उपाध्यायले राज्यको अर्थ तन्त्रमा सहकारी क्षेत्रको को योगदान ठुलो रहेकाले सरकारले सहकारीलाई थप प्रोत्साहन गर्ने निति ल्याउनु पर्ने बताइन् ।
विराटनगर महानगरपालिका–५ का वडाध्यक्ष मिनकुमार आचार्यले सहकारीहरुले समाजको सकारात्मक परिवर्तनमा प्रमुख भुमिका खेलेको बताए ।
साधारणसभामा भैरव प्रसाद रिजालले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ । वि.संं २०६८ सालमासुरु भएको सो सहकारीमा हाल १ सय ४७ शेयर सदस्य पुगेका छन् । ५६ लाख ३१ हजार १ सय रुपैयाँ शेयर पुजी रहेको सो सहकारीको कोष हिसाव ४ लाख ९८ रुप्ैयाँ रहेको सचिव चेतन निरौलाले जानकारी दिए ।