विराटनगर, मंसिर १९
एक नम्बर प्रदेश सरकारले आगामी पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । प्रदेश सरकारले अधिवेशन आब्हान गर्नका लागि आवश्य परामर्श समेत थालेको छ । मुख्यमन्त्री शेरधन राईले पुषको दोश्रो हप्ताको शुरुमा हिउँदे अधिवेशन बोलाउने तयारीका साथ सरकारले सोही अनुसार आवश्य परामर्श अघि बढाइएको जानकारी दिए ।
बर्खे अबिधेशन अन्त्य भएको लामो समय भएको बताउँदै अब चाडै हिउँदे अधिबेशन बोलाउने तयारी सरकारको रहेको मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले हिउँदे अधिवेशनबाट धेरै कानुन बनाउनु पर्ने भएकाले पनि अधिवेशन डाक्न बिलम्ब गर्न नहुनेमा सरकार रहेको जानकारी दिए ।
उनले एक नं प्रदेश सरकारले नाम र स्थायी राजधानीको विषय हिउँदे अधिवेशनबाट टुग्याउने भएको छ । हिउँदे अधिबेशनको पहिलो या दोश्रो बैठकमा नै प्रदेशको नाम र राजधानीको बिषयलाई बैठकमा प्रबेश गराउने सरकारको तयारी छ ।
मुख्यमन्त्री राईले सबै दलसँगको सहमतिमा अब बस्ने प्रदेश सभाको बैठकमा नाम र स्थायी राजधानीको बिषयलाई प्रवेश गराउने तयारीमा सरकार रहेको जानकारी दिए । प्रदेश सरकार गठन भएको करिब १० महिना हुन लाग्दापनि अहिलेसम्म प्रदेशको नाम र राजधानीको टुङ्घो लाग्ने कुरा अलपत्र छ।७ माघ मा एक नं प्रदेश सरकार गठन भएको थियो।
राजधानी र प्रदेशको नामबारे बहस र छलफल ब्यापक भएपनि त्यसले औपचारिक प्रस्ताव अझै प्रदेश सभामा प्रवेश नै गरेको छैन । १ नम्बर प्रदेशसभाको बर्खे अधिवेशन २३ आश्विनमा अन्त्य भएको थियो ।
सभामुख प्रदीपकुमार भण्डारीका अनुसार २२ माघमा पहिलो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो अधिवेशनले ११ वटा विभिन्न विधेयक पारित गरेको थियो । दोश्रो अधिबेशनको अन्त्यहुँदा सम्म प्रदेशसभाले अहिलेसम्म २३ वटा विधेयक पारित गरिसकेको छ । प्रदेश सभा नबस्दा सांसदहरु फुसर्दिला देखिएका छन् ।