विरानगर मंसिरि २०
विराटनगर १९ स्थित बुधनगरमा निर्माणधिन एकीकृत जाँचचौकी (आईसिपी)को परीक्षण बुधबार साँझबाट सुरु भएको छ। भारतको विदेश मन्त्रालयले नेपालमा अनलोड गरेर फर्केका ट्रक र पेट्रोलियम पदार्थका ट्याङ्कलरीलाई आइसिपीको लिंक रोड प्रयोग गरी भारत प्रवेशमा अनुमति दिएसगै आईसिपी आंशिक रुपमा संचालनमा आएको हो ।
भारतबाट इन्धन ल्याएर आएका ट्रक र इन्धनका ट्याङ्करलाई परीक्षणका क्रममा बुधबार साँझ ७ देखि बिहान ७ बजेसम्म आईसिपीको लिंक रोडबाट भारत प्रवेश गर्न पाउनेछन् ।
विराटनगर भन्सारका सूचना अधिकृत मणिराम पौडेलले नेपालबाट दैनिक फर्कने खालि ट्रक र ट्याङकरले बुधबार साँझबाट आईसिपीको लिङरोडको प्रयोग गरेका छन् ।
जसका लागि भारत फर्कने मालवाहक ट्रक र ट्याङ्करको दर्ताका भन्सारले कर्मचारी खटाउने गरि कार्यालय स्थापना गरेको छ । भन्सार कार्यालयका अनुसार भारत प्रवेशका लागि दैनिक २ सय र ट्याङ्कर ८० वटा हुने गर्दछन् । ती सवारी साधानले आईसिपीले तयार पारेको लिंक रोडमात्र प्रयोग गर्नेछन ।
नेपाल तर्फ खाली भएका ढुवानीका साधन आइसिपीको बाटो हुँदै जोगबनी थानासम्म निस्कने छन् । जसका कारण रानी क्षेत्रमा हुदै आएको जामको समस्या अब हटेर जानेछ ।भारत सरकारले नेपालमा खालि भई फर्कने कन्टेनर,लरी र ग्यासका बुलेटले भने लिङरोड प्रयोग गर्न भने अनुमति दिएको छैन ।
ठूला ग्यासका बुलेट १० देखि १५ वटा र कन्टेनर बोकेका लरी १ सय ५० वटाको सङ्ख्यामा दैनिक बाहिरिन्छन् । नेपाल भारत समन्वय समितिको जिल्ला स्तरीय बैठकले भारतबाट आइसिपीको बाटो हुँदै बल्की कार्गो, ग्यासका बुलेट र पेट्रोलियम पदार्थका ट्याङ्कलरी नेपाल ल्याउने सहमति गरेको थियो ।
कात्तिक महिनाको अन्तिम साता बसेको बैठकले सबै प्रकारका खालि मालवाहक सवारी छाड्न सहमति गरेपनि बैठकका निर्णयलाई भारतको विदेश मन्त्रालयले स्वीकृति दिएको छैन ।
विदेश मन्त्रालयले खालि ट्रक र ट्याङ्ककर मात्र फर्कन पाउने गरी स्वीकृति दिएर पठाएको हो । नेपालले जमिन ढिलो गरेर उपलब्ध गराएका कारण नेपालतर्फको आइसिपीको संरचना अझै निर्माणाधीन छ ।