×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आइसीपीको परीक्षण सुरु,रानी क्षेत्रमा हँदै आएको जामको समस्या हट्ने

२० मंसिर २०७५

विरानगर मंसिरि २०

विराटनगर १९ स्थित बुधनगरमा निर्माणधिन एकीकृत जाँचचौकी (आईसिपी)को परीक्षण बुधबार साँझबाट सुरु भएको छ। भारतको विदेश मन्त्रालयले नेपालमा अनलोड गरेर फर्केका ट्रक र पेट्रोलियम पदार्थका ट्याङ्कलरीलाई आइसिपीको लिंक रोड प्रयोग गरी भारत प्रवेशमा अनुमति दिएसगै आईसिपी आंशिक रुपमा संचालनमा आएको हो ।

Advertisement
Advertisement

भारतबाट इन्धन ल्याएर आएका ट्रक र इन्धनका ट्याङ्करलाई परीक्षणका क्रममा बुधबार साँझ ७ देखि बिहान ७ बजेसम्म आईसिपीको लिंक रोडबाट भारत प्रवेश गर्न पाउनेछन् ।

विराटनगर भन्सारका सूचना अधिकृत मणिराम पौडेलले नेपालबाट दैनिक फर्कने खालि ट्रक र ट्याङकरले बुधबार साँझबाट आईसिपीको लिङरोडको प्रयोग गरेका छन् ।

जसका लागि भारत फर्कने मालवाहक ट्रक र ट्याङ्करको दर्ताका भन्सारले कर्मचारी खटाउने गरि कार्यालय स्थापना गरेको छ । भन्सार कार्यालयका अनुसार भारत प्रवेशका लागि दैनिक २ सय र ट्याङ्कर ८० वटा हुने गर्दछन् । ती सवारी साधानले आईसिपीले तयार पारेको लिंक रोडमात्र प्रयोग गर्नेछन ।

नेपाल तर्फ खाली भएका ढुवानीका साधन आइसिपीको बाटो हुँदै जोगबनी थानासम्म निस्कने छन् । जसका कारण रानी क्षेत्रमा हुदै आएको जामको समस्या अब हटेर जानेछ ।भारत सरकारले नेपालमा खालि भई फर्कने कन्टेनर,लरी र ग्यासका बुलेटले भने लिङरोड प्रयोग गर्न भने अनुमति दिएको छैन ।

ठूला ग्यासका बुलेट १० देखि १५ वटा र कन्टेनर बोकेका लरी १ सय ५० वटाको सङ्ख्यामा दैनिक बाहिरिन्छन् । नेपाल भारत समन्वय समितिको जिल्ला स्तरीय बैठकले भारतबाट आइसिपीको बाटो हुँदै बल्की कार्गो, ग्यासका बुलेट र पेट्रोलियम पदार्थका ट्याङ्कलरी नेपाल ल्याउने सहमति गरेको थियो ।

कात्तिक महिनाको अन्तिम साता बसेको बैठकले सबै प्रकारका खालि मालवाहक सवारी छाड्न सहमति गरेपनि बैठकका निर्णयलाई भारतको विदेश मन्त्रालयले स्वीकृति दिएको छैन ।

Advertisement

विदेश मन्त्रालयले खालि ट्रक र ट्याङ्ककर मात्र फर्कन पाउने गरी स्वीकृति दिएर पठाएको हो । नेपालले जमिन ढिलो गरेर उपलब्ध गराएका कारण नेपालतर्फको आइसिपीको संरचना अझै निर्माणाधीन छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top