विराटनगर ः मोरङ जिल्ला अदालतबाट फैसला भएका मुद्दाको १७ करोड बराबरको जरिवाना अझै असुल उपर हुन सकेको छैन ।अदालतबाटै फैसला भएको झण्डै चार हजार पाँच सय कैद सजायपनि फर्छयौट भएको छैन ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार, फौजदारी मुद्दातर्फ अदालतले विभिन्न समयमा फैसला गरेका मुद्दाका दण्ड जरिवानातर्फ १७ करोड ५६ लाख ३० हजार ३ सय ८६ रुपैँया असुल अपर गर्नुपर्ने तथ्यांक छ ।
तर, यसमध्ये कात्तिकसम्म ३५ लाख ९१ हजार ६ सय ६७ मात्रै फर्छयौट भएको छ । १७ करोड २० लाख ३८ हजार ७ सय १९ रुपैँया अझै फर्छयौट भने हुन सकेको छैन ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।