विराटनगर,मंसिर २०
पांमा सामुदायिक सेवा केन्द्र संखुवासभाको आयोजनामा हुने तेस्रो पामा कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७५ को तयारी तीव्र पारिएको छ ।
संखुवासभाको खाँदबारी ४ स्थित भगिवन्त रंगशालामा हुने सो प्रतियोगिता पौष ४ गतेदेखि ८ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १३ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै द्धितिय पुरस्कार ५५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र रहेको छ भने सेमिफाईनलमा प्रवेश गर्ने अन्य टिमलाई १५/१५ हजार वितरण गरिने छ ।
प्रतियोगिताको अनुमानित लागत १३ लाख ३९ हजार रहेको आयोजक कमिटिका सल्लाहकार मिथुन भोटेले जानकारी दिए ।