×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अपाङता भएकाहरुको प्रदेशस्तरीय बत्तृmत्वकला सम्पन्न

२० मंसिर २०७५

२० मंसिर २०७५,विराटनगर
अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा प्रदेशस्तरिय बत्तृmत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश एकको अयोजना र राष्ट्रिय अपाङ महासंघ प्रदेश कार्यालयको समन्वयमा भएको प्रतियोगितामा ८ जना अपाङता भएका माविस्तरिय विद्यार्थीहरु सहभागि भएका छन । प्रतियोगितामा कबिर माध्यमिक विद्यालय पथरी,मोरङका दृष्टिविहीन विद्यार्थी साकिर मोहम्मद प्रथम भएका छन । ९९.५ अंकसहित प्रथम भएका साकिरले पुरस्कारस्वरुप ७ हजार र प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै प्रतियोगितामा मधेशा,सुनसरीस्थित जनता माध्यमिक विद्यालयका बहुअपाङता भएका विद्यार्थी आदित्य आचार्यले ९७.५ अंक हासिल गरेर दोश्रो र धरान,सुनसरीस्थित ज्ञानचक्षु माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थी गगन आलेले ९७ प्रतिशत अंक हासिल गरेर तेश्रो स्थान हासिल गरेका छन ।

Advertisement
Advertisement

उनिहरुले पुरस्कार स्वरुप नगद ५ हजार र ३ हजार सहित प्रमाणपत्र हासिल गरे । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विजयी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा मन्त्री घिमिरेले प्रकृतिले प्रत्येक व्यक्तिलाई विशिष्ठ क्षमता दिएको बताए । उनले ब्यक्तिको कुनै एक अंग कमजोर भएकै आधारमा कमजोर ठान्ने सामाजिक मान्यता बदलिन आवश्यक रहेको बताए ।

Advertisement

यसअघि आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश एकका कानुनी सल्लाहकार कोषराज न्यौपाने र सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले सहभागिलाई अपाङता भएका ब्यक्तिहरुको हकअधिकारका बिषयमा भएका कानुनी प्रावधानहरुको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा अपाङता भएका ब्यक्तिहरुले आफूहरुलार्य उपेक्षा गरिएकाले विकास प्रक्रियामा आउन नसकेको गुनासो गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top