×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको नेपाल बजार बन्द हुने हल्ला, ग्राहकलाई भारी छुट दिएर स्टक बिक्री गर्दै

२० मंसिर २०७५

विराटनगर,मंसिर २०
विराटनगरको प्रतिष्ठित तथा पहिलो सुपर मार्केट ‘नेपाल बजार’ नयाँ खुलेका सपिङ महलहरुसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुगेको छ । एक पछि अर्को सपिङ महल खुल्दै जाँदा ग्राहकको मन अन्तै मोडिन थालेपछि विराटनगरको महेन्द्र चौकमा विगत ८ वर्षदेखि सञ्चालनमा रहेको नेपाल बजार बन्द हुने अवस्थामा पुगेको हो ।

Advertisement
Advertisement

 

बन्द हुने अवस्थामा पुगेको सो नेपाल बजारले अहिले भारी छुट दिएर बाँकी स्टकका सामाग्रीहरु बेच्ने गरेको पाईएको छ । नेपाल बजारले अहिले खाद्यान्न सामाग्रीबाहेक अन्य समाग्रीमा ४० प्रतिशत सम्म छुट दिएको छ । बिक्रीको हल्लाका साथै भारी छुट दिएपछि नेपाल बजारमा ग्राहकहरुको थामीनसक्नु भीँड बढेको छ ।

नेपाल बजारमा सामाग्री किन्न आएका मोहम्मद जिब्रीलले नेपाल बजार बिक्री हुने हल्ला चलेको र स्टक सकाउन ५० प्रतिशत छुट दिएको सुनेर सामान किन्न आएको बताए । उनले भने‘नेपाल बजार बिक्रीमा छ भन्ने हल्ला थाहा भयो, त्यही भएर ५० प्रतिशत छुट दिएर बेचिरहेका छन् भन्ने सुनेको तर ४० प्रतिशत चैँ छुट दिएको रहेछ । हामी आउँदा धेरै सामान किन्नेको ठूलो भिँड थियो ।’ अर्का ग्राहक शान्ति दाहालले पनि नेपाल बजारले भारी छुट दिएको सुनेर सामान किन्न आएको बताईन् ।

२०६७ साल भदौ ७ गतेबाट सञ्चालनमा आएको नेपाल बजार एक समय निकै राम्रोसँग चलेको थियो तर अहिले आएर यसका अन्य ४ शाखाहरु समेत बन्द भईसकेका छन । टंकीसिनवारी,कञ्चनबारी,पुष्पलाल चौक र तीनपैनीमा सञ्चालनमा आएका नेपाल बजारका शाखाहरु यसअघि नै बन्द भईसकेका थिए । बजारमा नयाँ सुपरमार्केट खुलेपछि घाटा लागेकोले कर्मचारी पनि कटौती गरिएको बुझिएको छ ।

बजारमा बिक्रीको हल्ला चलिरहेका बेला नेपाल बजारका म्यानेजिङ डायरेक्टर कविन श्रेष्ठले भारी छुट दिएर सम्पुर्ण समानहरु सकभर बेच्ने आफुहरुको योजना रहेको र भबिष्यमा नचलेको खण्डमा बेच्न सकिने बताए । उनले छुटको कुरा सुनाएपछि ग्राहकहरु बढ्ने खालको समाज भएकोले भारी छुट दिएको पनि प्रष्ट पारे ।

नेपाल बजार बन्द हुने हल्ला चलेको भन्ने प्रश्नमा उनले भने ‘बजारमा के हल्ला छ भन्ने बिषय मलाई केही थाहा छैन । तर भविष्यमा के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन विराटनगरको नाङ्लो पनि बन्द हुन्छ भन्ने कसैलाई थाहा थिएन ।’

Advertisement

उनले भने ‘भोलि नाफा मुलक भएन भने जुनसुकै धन्दा पनि बन्द हुन्छ, नेपाल बजारमात्र नभनौँ यसै हिसाबमा हामीले चै बेचिसेकेको नेपाल बजारलाई जोगाउन खोजेका हौँ ।भविष्यमा चलेन भने भन्न सकिँदैन ।’ र्गामेन्टस्, फुटवेयर, भाँडाकुँडा, ईलेक्ट्रोनिक्स गुडहरुमा ४० प्रतिशत छुट दिएको र ग्राहकको भिँड बढेका कारण यसमा तलमाथि हुनसक्ने उनको भनाई छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top