विराटनगर,मंसिर २०
सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मध्येका एक बालकृष्ण सञ्जेललाई उच्च अदालतले साधारण तारेखमा छाड्ने आदेश भएको छ ।
बिहिवार उच्च अदालतका विराटनगरका न्यायधिस थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्षा गर्न आदेश दिएको अदालतका रजिस्टार नारायण प्रसाद रेग्मीले जानकारी दिए ।