विराटनगर, मंसिर २०
विराटनगर जुनियर जेसीजद्धारा आयोजित टेस्टि टेस्टि क्वीज कन्टेस्ट प्रतियोगिताको सेमिफाइनल सम्पन्न भएको छ ।
विराटनगरको बीरेन्द्र सभागृहमा जारी सो क्वीज कन्टेस्टको सेमिफाइनल बिहीबार सम्पन्न भएको हो । पहिलो सेमिफाइनलबाट बिकेभीएम स्कुल, जेम्स स्कुल र सगरमाथा स्कुल फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलबाट मोर्डन ऐरा , मार्टस र पोलस्टार बोर्डिङ स्कुल बाहिरिएका छन । त्यस्तै दोस्रो सेमिफाइनलबाट एभरेष्ट बोर्डिङ स्कुल, इटहरीको लिटिल फ्लावर स्कुल, सहिल स्मृती स्कुल फाइनलमा प्रवेश गरेका छन् ।
दोस्रो सेमिफाइनलबाट कोशी हरैँचाको सुबिजुबु स्कुल, इनरुवाको जनक स्मृती र माल्भिका स्कुल बाहिरिएका छन । प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान १० बजेदेखि बीरेन्द्र सभागृहमा हुने विराटनगर जुनियर जेसिजका अध्यक्ष मिलाप कर्णले जानकारी दिए ।