Nepal Times
Nepal Times
3
Shares

ढाका बुन्नका लागि साझा सुविधा केन्द्र

ढाका बुन्नका लागि साझा सुविधा केन्द्र

तेह्रथुम, पुष ११
तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैँ तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई सहज भएको छ ।

गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग तथा देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र स्थापनाका लागि रु आठ लाख छ हजार १०० खर्च भएको म्याङलुङ ढाका उत्पादक समूहका अध्यक्ष सचित्रा लिम्बूले बताइन् ।

हालै यहाँका दशजना महिलालाई उद्यमी बन्न प्रेरित गर्दै ढाका बुनाई तालीमसमेत प्रदान गरिएको छ । उद्यमीका बीचमा ढाका कपडा उत्पादन, बजारीकरण, सीप र प्रविधि विकास तथा पुस्तान्तरणका विषयका लागिसमेत छलफल हुन थालेको छ ।

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका १६५ जनालाई ढाका बुनाईसम्बन्धी तालीम प्रदान गरी उद्यमी बनाइएको कार्यक्रम संयोजक प्रेमराज लिम्बूले बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.