Nepal Times
Nepal Times
3
Shares

चार वर्षसम्म नङ नकाटेपछि…

चार वर्षसम्म नङ नकाटेपछि…

एजेन्सी,मंसिर २२
बाजी जित्नका लागि रुसमा एकजना युवतीले लगातार चार वर्षसम्म आफ्ना औँलाका नङ काटिनन् । जसका कारण हातका औंलाका नङ १२ सेमीसम्म लामा भएका थिए ।

एलिनाले आफ्ना साथीहरुसँग बाजी राखेकी थिइन् । तैले नङ पाल्न सक्दिनस् भनेर साथीले भनेपछि उनले नङ पाल्न सुरु गरिन् ।आफ्ना नङलाई बच्चाजस्तै माया गर्ने उनी बताउँछिन् ।

तर अरु मानिसलाई भने आफ्ना नङ देख्दा अचम्म लाग्ने गरेको अनुभव उनको छ । सबैभन्दा लामो नङ भएको मानिसका रुपमा अहिले उनको नाम राष्ट्रिय कीर्तिमानमा दर्ज भएको छ । उनले त्यसको प्रमाणपत्र पनि पाइसकेकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.