मुलुकको समृद्धिमा निजी क्षेत्रको भूमिका अत्यावश्यकःमन्त्री कुसियैत

२१ मंसिर ७५, शनिबार

विराटनगर,मंसिर २२
प्रदेश एकका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले मुलुकको समृद्धिकालागि निजी क्षेत्र तथा ब्यवसायीको भूमिका अत्यावश्यक रहेको बताएका छन् । नेपाल वन पैदावार उद्योग ब्यवसायी संघ मोरङको शनिबार विराटनगरमा आयोजित बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुंदै उनले यस्तो बताएका हुन् ।

मन्त्री कुसियैतले मुलुकमा विद्यमान बनजंगलको बैज्ञानिक बन ब्यवस्थापनबाट संरक्षण र सम्र्बद्धनगर्दै त्यसलाई सदुपयोग गर्न सकिए मुलुकको आर्थिक समृद्धिमा कोशे ढुंगा साबित हुन सक्ने बताए । उनले बाहिरी देशबाट आउने हुने काठजन्य सामाग्रिको आयात रोक्न स्वदेशमै गुणस्तरिय उत्पादन बढाउनेतर्फ ब्यवसायीले ध्यान दिनुपर्ने बताए ।

Advertisement

उनले परम्परागत उद्यमशैलीलाई परिवर्तन गर्दै आधुनिक युग सापेक्ष उत्पादलाई प्राथमिकतामा राख्न ब्यवसायीलाई आग्रह गरे । उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव बद्रीराज ढुंगानाले पहाड बांझो र तराई घडेरीमा परिणत हुंदै गएको सन्र्दमा वनजंगलको संरक्षण थप चुनौतीपुर्ण बनेको बताए । उनले बनको उत्पादनशिलता नबिगारिकन बन उत्पादको उपयोग गरिनुपर्ने बताए ।

नेपाल वन पैदावार उद्योग ब्यवसायी संघ मोरङका अध्यक्ष सिताराम अग्रवालले वन सम्बन्धि निति नियम सहज नहुनु,वन क्षेत्रमा उत्पादन हुने काठ,दाउरा समयमा कटान नुहनु र घाटगद्दी,ग्रेडिङ तथा विक्रीको प्रक्रियामा जटिलता लगायतका कारणले माग र आपुर्तिबीचको दुरी कम गर्न ब्यवसायीले तेश्रो मुलुकबाट काठ आयात गर्नुपरिरहेको बताए। कार्यक्रममा महासचिव बाबुराम घिमिरेले आयोजक संघको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top