विराटनगर,मंसिर २२
मोरङको ग्रामथान गाउँपालिका–२ का अपाङ्गता भएका छात्र सरोज सरदारलाई लियो क्लव अफ विराटनगर यूनिकले सहयोग गरेको छ । लियोले जन्मजात अपाङ्गता रहेका सरोजलाई देउसी भैलो खेलेर जम्मा भएको रकम बाट ८ हजार रुपैँया, १ जोर ज्याकेट, स्वेटर, टोपी लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
कार्यक्रममा लिओ जिल्ला ३२५ ए १का अध्यक्ष लिओ रन्जित साहीले उनलाई एक थान मोबाईल सेट पनि हस्तान्तरण गरेका छन् । कार्यक्रममा झोराहाटमा रहेको दिया रेमिटेन्सले केहि दिन भित्रै सरोजलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रमका संयोजक पेरिस सुवेदीले स्थानीय सहयोगी शिक्षक जितेन्द्र सरदार र सरोजका आमाको संयुक्त उपस्थितीमा बैंक खाता खोलिने बताउँदै सरोजलाई सहयोग गर्न चाहने जो कोहीले पनि बैँक खातामा सहयोग रकम जम्मा गरिदिन आग्रह गरे ।
ग्रामस्थान गाउँपालिका वडा नम्बर २ को रबी आधारभुत बिद्यालयमा अध्ययनरत छात्र सरोजको हात खुट्टा चल्दैन भने उनी बोल्न पनि सक्दैनन् ।उनी सुनेकै भरमा राम्रो अंक ल्याएर पास हुने गरेको स्थानीय शिक्षक जितेन्द्र सरदारले बताए ।