एजेन्सी,मंसिर २३
मिस नेपाल शृङखला खतिवडा मिस वल्र्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन । २०१८ को मिस वल्र्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन ।
प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्। उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पर्हियाएकी हुन् ।
रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन् । मिस नेपाल शृङ्खला खतिवडा यो वर्षको मिस वल्र्ड २०१८ को टप १२ मा पुग्न सफल भएकी हुन ।
चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८ औं मिस वल्र्ड प्रतियोगितामा २३ वर्षीय खतिवडाले ११८ देशका सुन्दरीलाई पछि पार्दै १२ औं स्थान ओगटेकी हुन्। एसियाबाट छानिएका दश देशमध्य नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भएए। टप १२ मा परेसँगै शृङ्खलाले नेपालले गरेको सपोर्टप्रति धन्यवाद दिन भुलिनन् ।
टप पाइभकालागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए। मिस नेपाल शृङखला पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ पुगेकी थिइन् ।
दोस्रो चरणमा १२ मध्ये पाँच छानिएकी हुन्न। चीनको सान्यामा भइरहेको ‘मिस वल्र्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन ।
सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन ।