रोहित बने सर्वोत्कृष्ट खेलाडी

रोहित बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौं,मंसिर २३
नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द लिग वानमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनकोे टोली पर्सिजा जकार्ताले आइतबार लिग वनको उपाधि जित्दा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

अघिल्लो साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । मनोनयनमा परेका पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितले अन्य दुई खेलाडीलाई पछि पार्दै उत्कृष्ट भएका हुन् ।

रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मद्दतले पर्सिजाले लिग उपाधि जित्न सफल रह्यो । अन्तिम खेलमा मिट्रा कुकारलाई २–१ ले पराजित गर्दै पर्सिजाले लिग उपाधि जितेको हो ।

लिगको ३१ खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट गरे । रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले मैदानमा भने निकै राम्रो प्रदर्शन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.