विराटनगर,मंसिर २४
मोरङको रंगेली नगरपालिकाको सार्वजनिक जग्गामा बसोबास गरिरहेको भन्दै हटाएका २७ घरपरिवारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले राहात प्रदान गरे ।
रंगेली ७ बस पार्क नजिकैका २७ घरपरीवारलाई प्रतिपरीवार एक बोरा चामल, एउटा त्रिपाल, एकथान म्याट, एक थान कमल प्रदान गरेका हुन् । अर्यालले करिब २ लाख ५० हजार बराबरको उपभोग्य सामाग्री वितरण गरे ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेस विकासको विरोधी नभएको बताउदै उचित व्यवस्थापन नगरी गरिएको कार्यप्रति असन्तुष्टि जनाए ।
अर्याल मोरङ ५ नम्बर क्षेत्रका पराजित प्रतिनिधिसभाका काग्रेसका उमेदवार हुन् । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरे, सुकदेव मण्डल, रामनारयण मण्डल लगायतका नेताहरुले संयुक्तरुपमा राहात सामाग्री हस्तान्त्रण गरेका थिए ।
नगरपालिकाले विस्थापित परेका विपन्न ३० बर्षदेखि सो क्षेत्रमा बसोवास गर्दे आएका थिए । जाडोयाम सुरु भए संगै गरिव घर परिवारका उनीहरुलाई समस्याभएपछि राहत स्वरुप थोरैभएपनि सामाग्री वितरण गरिएको आर्यालले बताए