करोडौँ उठाएर भाग्ने सुन पसलेविरुद्ध उजुरी

विराटनगर : विराटनगरका शाखा कार्यालय रहेका तीन वटा बैंक र सर्वसाधारणबाट गरी करीब ४२ करोड भन्दा बढी रुपैँया उठाएर एक सुन पसल सञ्चालक फरार भएपछि ठगिएका केहीले प्रहरीमा उजुरी गरेका छन् ।

Advertisement

पसल बन्द गरेर परिवारसहित शिशु भनिने सन्तोष बेगवानी फरार भएपछि धितोमा सुन राखेर ऋण लिएका सर्वसाधारणले प्रहरीमा उजुरी गरेका हुन् ।

विराटनगर– ७ रंगली रोडमा ॐ लक्ष्मि ज्वेलर्स सञ्चालन गरिरहेका बेगवनी शुक्रबार परिवारसहित भागेको बताईएको छ । ऋण लिएका बैंकले धितो लिलामि गर्ने सुचना निकालेपछि बेगवनी परिवारसहित भारत भागेको पारिवारिक स्रोतले जनाएको छ ।

Advertisement

बेगवनी पसल सञ्चालन गर्दै आएको घर धितो राखेर बैंकबाट १६ करोड रुपैँया ऋण लिएका थिए । ऋण नतिरेपछि बैंकले घर लिलामिका लागि पक्रिया पनि सुरु गरेको थियो । ग्लोबल आइएईमी बैंकले पनि ३५ दिने सुचना निकालेर लिलामिको प्रक्रिया सुरु गरेको छ ।

बेगवनीले ग्लोवल बैंकबाट ३ करोड रुपैँया लिएका थिए । लक्ष्मि बैंकमा तिर्नुपर्ने ८ करोड रुपैंया पनि भाका नाघेको बताईएको छ ।

Advertisement

डेढ दशकयता सुन पसल सञ्चालन गर्दै आईरहेका बेगवनीले बैंकहरुबाट २७ करोड रुपैँया तथा सर्वसाधारण र व्यापारीबाट करीब १५ करोड रुपैँया लिएर उनीसँग कारोबार गरिरहेका व्यक्तिहरु बताउँछन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top