निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालनमा ढिलाई

विराटनगर : विराटनगरमा बनेको दुई तले अत्याधुनिक र सुविधासम्पन्न बसपार्क सञ्चालनमा ढिलाई भएको छ ।

Advertisement

बसपार्क निर्माणको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा काठमाडौँले तोकिएकै समयमा काम सम्पन्न गरेर पनि सञ्चालनमा ढिलाई भएको हो ।

बसपार्क अगाडि प्रवेशद्धारमा निर्माणाधिन ६ लेन सडकको ड्रेन निर्माण नहुँदा बसपार्क सञ्चालनमा आउन नसकेको हो । निर्माण कम्पनीले १८ महिनामै काम सकेर साउन महिनाको पहिलो साता नै विराटनगर महानगरलाई जानकारी गराईसकेको जनाएको छ ।

Advertisement

विराटनगर– ११ स्थित एक विघा दश कठ्ठामा ८ करोड ४७ लाखको लागतमा सो बसपार्क निर्माण भएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top