खनारमा भीषण आगलागी, करोडौको क्षति

२५ मंसिर ७५, मंगलबार
Share this
766shares

विराटनगर,मंसिर २५
सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा रहेको लक्ष्मी फोम एण्ड लुप म्याट इण्डट्रिज उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट उद्योगमा रहेको तयारी तथा कच्चा पदार्थ र उपकरण गरी करोडौको नोक्सानी भएको छ ।

Advertisement

उद्योगको काम बन्द भएको र मजदुर नभएको अवस्थामा एकाएक डोरम्याट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उद्योगी भानु टिव्रेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शंकर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरम्याट कच्चा पद्धार्थ र मेशिनहरुमा समेत ठूलो नोक्सानी भएको छ ।

Advertisement

इटहरी, सुन्दरहरैचा, धरान, खनार र बिराटनगरको दमकल, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा करीब ३ घण्टापछि आगो नियन्त्रणमा आएको हो । उद्योगमा के कारणले आगो लाग्यो भन्ने एकिन नभएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिबकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top