धनकुटा, मंसिर २५
धनकुटाको पाख्रिबास नगरपालिका–८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ ।
साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने जित बहादुर राईको छोरा बर्ष ३५ को भीम कुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ ।
कानूनी प्रकृया पूरा गरी मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको उक्त कार्यालयले जनाएको छ ।


