विराटनगरका श्यामसुन्दरको जेसीज राष्ट्रिय कार्यकारीणी पदमा उम्मेदवारी घोषणा

२४ मंसिर ७५, मंगलबार

विराटनगर,मंसिर २५
विराटनगरका युवा व्यवसायी श्यामसुन्दर पौडेल (मिलन) ले आसन्न नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी पदमा उम्मेदवारी दिएका छन् ।यही पुष ७ देखि १० गतेसम्म जनकपुरमा हुन लागेको ४५ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भएकाले पौडेलले उमेद्वारी दिएका हुन् । २०१६ मा विराटनगर जेसीजको नेतृत्व सम्हालेका पौडेल वर्ष २०१८ का जेसीजका राष्ट्रिय उपाध्यक्ष हुन् ।

Advertisement

गत वर्ष भैरहवामा भएको जेसीजको ४४ औँ राष्ट्रिय महाधिवेशनमा १२ जना निर्वाचित उपाध्यक्ष मध्ये पौडेल एक नम्बरमा निर्वाचित भएका थिए ।पौडेल विराटनगर क्षेत्रका युवा व्यवसायीका रुपमा मात्र नभई विभिन्न सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रको नेतृत्व गर्दै आएका छन् । उनले अरुले देखाएको हौसला र मायाले उम्मेदवारी दिएको बताएका छन् ।

पौडेलले भने –‘अघिल्लो वर्ष पनि अत्यन्तै हौषलाका साथ नेपाल जेसीजमा प्रतिनिधित्व गराउनु भएको छ । एक वर्षको अवधिमा गरेको कामको मुल्याङकनका आधारमा यो वर्ष पनि साथ र सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु ।’

Advertisement

करिव २० वर्ष अघि फार्मेसी पढेका पौडेल १५ वर्ष देखि विराटनगरमा स्वास्थ्य व्यवसायीको रुपमा स्थापित छन् ।फार्मेसीमा सहायकको रुपमा काम गर्न थालेका उनी पछि साथीहरुको सहकार्यमा फार्मेसी तथा स्वास्थ्य शिक्षा पढाइ हुने कलेज संचालक गर्न थाले । पौडेल विराटनगरको कोशी हेल्थ इन्ष्टिच्युट, मोरङ सहकारी अस्पताल, तथा निर्माणाधिन निको अस्पतालको सञ्चालक समेत हुन् । लायन्स क्लव विराटनगर मोरङको पूर्व अध्यक्ष समेत रहेका पौडेल विभिन्न स्वास्थ्यकर्मी संघमा समेत आवद्ध छन् ।

आफु नेपाल जेसीजमा निर्वाचित भएमा जेसीजमा आबद्ध युवाहरुलाई थप क्रियाशिल र व्यवसायी बनाउँदै लैजाने लक्ष्य रहेको पौडेल बताउँछन् । पौडेलले विराटनगर क्षेत्रका करिब ३ सय भन्दा बढी युवाहरुलाई प्रत्यक्ष रोजगारीको सृजना गरेर विदेश पलायन हुने अवस्थालाई कम गरेका छन् ।

Advertisement

जेसीजमा उदयमान युवाका रुपमा रहेका पौडेलले नेपाल जेसीज वर्ष २०१८ को जुलाई महिनाको उत्कृष्ट अफिसरको अवार्ड प्राप्त गरेका थिए । आफ्नो जेसीज मिसन भनेको युवाहरुमा उद्यमशिलताको विकास गराउनु रहेको पौडेल बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top