×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्युत उत्पादन १० वर्षमा १५ हजार मेगावाट पुर्याउन टेक अर पे पिपिए खुल्याे

२५ मंसिर २०७५

काठमाडौं,मंसिर २५
सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य पूरा गर्न ‘टेक अर पे’ (लिउ या तिर) प्रावधानको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वयतपत्रको लक्ष्य कार्यान्वयन गर्न टेक अर पे प्रावधानको पिपिए खुलाउने निर्णय गरेको हो ।

‘आगामी दशक ऊर्जा दशक’ नारा दिएर ल्याइएको स्वयतपत्रको लक्ष्य कार्यान्वयन गर्न नदी प्रवाही आयोजनाको सीमा ५ हजार २ सय ५० मेगावाट रहने गरी टेक अर पे पिपिए गरिनेछ । मन्त्रालयको निर्णयसँगै यसअघि नेपाल विद्युत प्राधिकरणसँग टेक एण्ड पे मा भएको पिपिए पनि टेक अर पे मा रुपान्तरण हुनेछ ।

Advertisement
Advertisement

यस्तै, ४ हजार ५ सय मेगावाटका अर्धजलासय आयोजनाको टेक अर पे पिपिए गर्न मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार अहिलेसम्ममा ७ सय २० अर्धजलाशय आयोजनाको मात्रै पिपिए भएको छ । टेक अर पे प्रावधानमा पिपिए गर्दा आर्थिक भार थपिएमा त्यसको सोध भर्ना सरकारसँग माग गर्ने स्वीकृति मन्त्रालयले प्राधिकरणलाई प्रदान गरेको छ ।

टेक अर पे प्रावधानको पिपिए लागु भएपछि निजी प्रवर्द्धकले १० वर्षमा १५ हजारको सीमा पूरा गर्न सहज हुने मन्त्रालयको भनाइ छ । टेक अर पे खुलेपछि पिपिए गर्न लाइनमा बसेका र पिपिए भइसकेका दर्जनौं आयोजनाले राहत पाउने भएका छन् ।

Advertisement

प्राधिकरणले अहिलेसम्म करिब ३ हजार ६ सय मेगावाट नदी प्रवाही आयोजनाको पिपिए गरिसकेको छ । ऊर्जा दशक अवधिमा विद्युत उत्पादनको सीमा १५ हजार पुर्याएर १० हजार मेगावाट आन्तरिक खपत गर्ने तथा ५ हजार भारत बंगालादेशलगायत मुलुकमा निर्यात गर्ने सरकारको लक्ष्य छ ।(उर्जा खबरबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top