×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा

२५ मंसिर २०७५

विराटनगर ,मसिर २५
विराटनगरमा हुन गइरहेको विराट ट्रेड एक्स्पो २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघ विराटनगरले पुष ६ गतेदेखि १२ गतेसम्म तिनपैनीमा आयोजना गर्ने एक्स्पोको तयारी तिव्र गतिमा भैरहेको छ । लामो समयदेखि यहाँका उद्योगीहरुले प्रर्दशनी स्थलको माग गर्दे आएपनि त्यसको पूर्वाधारमा कुनैपनि तहका सरकारले चासो नदेखाएका कारण स्थानीय खाली जग्गामा नै मेलाको आयोजना हुन लागेको हो ।

एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाखले अवलोकन गर्ने मोरङ व्यापार संघका महासचिव नविन रिजालले जानकारी दिए । एक्स्पोमा नेपालका विभिन्न जिल्लाबाट तथा भारत, वंगलादेश, पाकिस्तान लगायतका मुलुकले स्टल राख्ने उनले बताए । १ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने मोरङ व्यापार संघले अनुमान गरेको छ ।

Advertisement
Advertisement

एक्स्पोमा प्रदर्शनी तथा विक्री कक्ष,सांस्कृतिक तथा सांगीतिक कक्ष,बालउद्यान तथा मनोरञ्जन र खाना कक्ष रहने छन् । प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैक तथा वितिय संस्था, निर्माण सामाग्री,अन्तराष्ट्रिय औधोगिक उपकरण, कृषि, जडीबुटी, पर्यटन, दैनिक उपभोग्य सामाग्री हस्तकला, तयारी पोषाक, जुत्ताचप्पलका पनि स्टल रहने रिजालले बताए ।

Advertisement

एक्स्पोमा दर्जनबढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, फेशन सो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम संचालन हुने विराट व्यापार संघले जनाएको छ । प्रदेशको अस्थायी राजधानी घोषणा भएपछि ब्यापारिक चहलपहल समेत थप बढेको विराटनगरमा अन्तराष्ट्रिय स्तरको मेलाले थप आकर्षण बढाउने याहाका उद्योगी ब्यापारीले विश्वास लिएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top