दुई अर्बको कागती आयात

दुई अर्बको कागती आयात

काठमाडौं : सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४–७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको हो।केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले यो तथ्यांक अझ धेरै हुन सक्ने बताए।

 ‘कागतीमात्र दुई अर्ब बढीको आयात भएको छ,’ उनले भने, ‘सुन्तला जातका अन्य वस्तुको आयात अझ धेरै छ।’ कागती सुन्तला जातमा पर्ने फलफूल हो।

ओसिलो पाखामा फल्ने अचार र चियामा बढी प्रयोग हुने कागती आयातले कृषिजन्य वस्तु आयातको डरलाग्दो तस्बिर देखाएको छ। कृषिप्रधान देश भए पनि नेपालीको भान्सामा प्रयोग हुने धनियाँदेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै भर पर्नुपर्ने अवस्था छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.