शिकार खेल्ने क्रममा गोली लाग्दा एक जना घाईते

शिकार खेल्ने क्रममा गोली लाग्दा एक जना घाईते

ताप्लेजुङ, मंसिर २६
शिकार खेल्ने क्रममा गोलीले लागेर ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–२ बस्ने २० बर्षीय संदेश लिम्बु गम्भीर घाईते भएका छन् । मंगलवार दिउसो शिकार खेल्न भनी स्थानीय जंगलमा भरुवा बन्दुक बोकेर गएका लिम्बु पेटको दाहिने पट्टी भागमा गोली लागेर गम्भीर अवस्थामा फेला परेका हुन् ।

संदेश लिम्बु र स्थानीय सुमित लिम्बु दुईजना मात्र भरुवा बन्दुक लिएर सिकार खेल्न जंगल तर्फ गएका र बेलुका करीब ८ बजेतिर सुमित लिम्बुले गरेको फायरले निज संदेश लिम्बुलाई लागी घाइते भएको बताईएको छ ।

संदेशलाई आफन्तले फेला पारी उपचारको लागि पाँचथरको फिदिममा रहेको समर्पित अस्पतालमा ल्याएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि झापा पठाएको छ । सुमित लिम्बु र उक्त भरुवा बन्दुक फेला नपरेकोले खोजतलास कार्य भईरहेको घाईतेको बि.एन.सी अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको  छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.