काठमाडौँ, मंसिर २६
संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न सांसद राजन केसीको संयोजकत्वमा उप–समिति बनाएको छ । समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद केसीको संयोजकत्वमा छानविन उप–समिति बनाएको हो ।
उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ ।