विराटनगर, मंसिर २६
भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुका लागि ५ दिने आवसीय फिल्म मेकिंङ तालिम दिईने भएको छ । तालिम इटहरीको युथ डेभलपमेन्ट सेन्टरमा आगामी पौष १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना तथा समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा सो तालिम संचालन हुने भएको हो ।
तालिममा फोटोग्राफी,सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्शन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।
तीन चरणमा बिभाजन गरिएको सो तालिममा पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ ।
दोश्रो चरणमा सहभागीहरुलाई चार समूहमा विभाजित गरी छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्त्यमा तालिममा सहभागीहरुले तयार गरेको सिनेमालाई दर्शक माझ प्रस्तुत गरिने छ ।
उक्त तालिममा सहभागी हुनका लागि आबेदन आव्ह्वान गरिएको छ । आवेदक मध्येबाट २४ जनालाई छनौट गरि तालिममा सहभागी गराईने आयोजकले जनाएको छ ।
पौष ५ गतेसम्म आवेदनका लागि अन्तिम समय रहेको बताउदै निर्देशक अधिकारीले तालिममा १८ बर्ष देखि २९ बर्षका युवाहरुले यस सहभागिता जनाउन सक्ने जानकारी दिए ।
थप जानकारीका लागि सम्पर्क गर्न सकिने लिकं यहाँ प्रस्तुत गरिएको छ ।
फाराम भर्ने लिंक: http://bikalpaanalternative.org/apply-liberty-film-school-workshop-2018/
कार्यक्रम बारे थप जानकारीको लागि: http://bikalpaanalternative.org/liberty-film-making-workshop-2018/