×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

मोफसलमा २३ प्रतियोगिता सञ्चालन हुने , एन्फाद्वारा तालिका सार्वजनिक

२६ मंसिर २०७५

काठमाडौँ,मंसिर २६

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ ।

Advertisement

मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका आज सार्वजनिक गरेको हो ।

एन्फाकाअनुसार जारी ए डिभिजन लिग फुटबल सकिएलगत्तै मोफसलमा गोल्डकप प्रतियोगिताहरू शुरु हुनेछन् । आगामी पुसको तेस्रो सातबाट शुरु हुने फुटबल गोल्डकप आगामी वैशाखको तेस्रो सातासम्म चल्नेछ ।

मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गीकरण मापदण्ड तयार गरेको छ । एन्फा उपाध्यक्ष कृष्ण थापा नेतृत्वको स्तर निर्धारण समितिले प्रतियोगिताको मापदण्ड तोकेको हो ।

प्रतियोगिता सञ्चालनका लागि स्वीकृत लिएका आयोजकले मापदण्डका आधारमा प्रतियोगिताको श्रेणी प्राप्त गर्नेछन् । एन्फाले तय गरेको मापदण्ड पालन भए नभएकाबारे अनुगमन गरिने प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङ्गशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्यारापिटको व्यवस्था हुनपर्ने मापदण्ड तय गरेको छ ।

प्रतियोगितामा कम्तीमा १० टोली सहभागी गराउनुपर्ने र त्यसमा कम्तीमा छ वटा ‘ए’ डिभिजन क्लबले खेल्नुपर्नेछ । आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने, टिकट बिक्रीबाट उठेको तीन प्रतिशत रकम एन्फामा बुझाउनुपर्ने र खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्नेलगायतका मापदण्ड बनाएको छ ।

त्यस्तै एन्फाले ‘बी’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने, कम्तीमा आठ टोली सहभागी हुनुपर्ने र ‘ए’ डिभिजनका चार क्लबले खेल्नुपर्नेलगायत मापदण्ड तोकेको प्रवक्ता राईले उल्लेख गरे ।

यस्तो छ समय तालिका 

एन्फाले सार्वजनिक गरेको प्रतियोगिता र समय तालिकाअनुसार आगामी पुस २१ गतेदेखि २९ सम्म पाँचथरको फिदिममा ११ औँ फाल्गुनन्द गोल्डकप, पुस २४ गतेदेखि माघ ५ सम्म कैलालीको धनगढीमा तेस्रो सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, पुस २४ देखि माघ ५ सम्म वीरगञ्जमा दोस्रो विशाल मेमोरियल गोल्डकप हुनेछ ।

एन्फाका अनुसार माघ ३ देखि १२ सम्म बाराको सिमरामा १० औँ सिमरा गोल्डकप र माघ ११ गतेदेखि १८ गतेसम्म सुनसरीको इटहरीमा मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुनेछ । यसअघि मदनभण्डारी गोल्डकप काठमाडौँमा आयोजना गर्ने भनिए पनि रङ्गशाला निर्माणको काम नसकिएकाले इटहरीमा गर्न लागिएको हो ।

माघ १५ देखि २६ गतेसम्म पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, माघ १८ देखि २७ सम्म झापामा प्रथम धैलाशुब्बा गोल्डकप र माघ २० देखि २८ गतेसम्म धनकुटामा १४ आँै शहिद भीमनारायण गोल्डकप हुनेछ ।

यस्तै माघ २६ देखि फागुन ४ गतेसम्म धरानमा २१ औं बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, माघ २९ देखि फागुन ११ गतेसम्म कास्कीको पोखरामा १७ औं आहा रारा गोल्डकप, फागुन ४ देखि ११ गतेसम्म सुनसरीको दुहवीमा तेस्रो मनमोहन दुहबी गोल्डकप, फागुन ७ देखि १८ गतेसम्म बुटबलमा २१ औं तिलोत्तमा गोल्डकप, फागुन १५ देखि २५ गतेसम्म झापाको बिर्तामोडमा चौथो झापा गोल्डकप र फागुन २३ देखि चैत २ गतेसम्म पाँचौ माइभ्याली गोल्डकप इलाममा हुने एन्फाले जनाएको छ ।

यसैगरी फागुन २५ देखि चैत २ गतेसम्म चितवनको नारायणगढमा १४ औं विकास शिल्ड फुटबल प्रतियोगिता, फागुन २९ देखि चैत ९ गतेसम्म हेटौंडामा तेस्रो हेटौँडा गोल्डकप, चैत ७ देखि १७ गतेसम्म मोरङको विराटनगरमा विराट गोल्डकप, चैत १५ देखि २४ गतेसम्म उदयपुर गोल्डकप, चैत १८ देखि २७ गतेसम्म चौथो नेपालगञ्ज गोल्डकप, चैत २२ देखि ३० गतेसम्म नुवाकोट गोल्डकप, चैत २५ देखि वैशाख ५ गतेसम्म सर्लाहीको लालबन्दीमा राजर्षी जनक गोल्डकप, वैशाख १ देखि १० गतेसम्म दोस्रो दमक गोल्डकप र वैशाख १२ देखि २१ गतेसम्म झापाको काँकडभिट्टामा चौथो मेचीनगर गोल्डकप हुनेछ ।

Advertisement

–कुमार चौलागाईं /रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top