सुन तस्करी प्रकरण : शाक्य र पोद्दार पनि धरौटीमा रिहा

सुन तस्करी प्रकरण : शाक्य र पोद्दार पनि धरौटीमा रिहा

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका ब्यबसायी विमल पोद्दार र आर के भनिने राजेन्द्र कुमार शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरका न्यायाधिश नगेन्द्रलाभ कर्ण र थिर बहादुर कार्कीको इजलासले पोद्दार र शाक्यलाई १०– १० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा रहेका पोद्दार र शाक्यलाई बिहीबार जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.