ईपीएल क्रिकेटः आज दुई खेल हुँदै,पहिलो खेल विराटनगर र चितवनको

ईपीएल क्रिकेटः आज दुई खेल हुँदै,पहिलो खेल विराटनगर र चितवनको

काठमाडौं,मंसिर २८
काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदै छन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्दै छ ।

लगातार तीन खेलमा हार ब्यहोरेको चिवतनको प्लेअफमा पुग्ने झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ । विराटनगर भने चितवनलाई पराजित गरेमा प्लेअफमा प्रवेश गर्ने छ ।

विराटनगरले तीन खेलबाट दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ४ अंक बनाएर तेस्रो स्थानमा छ ।चिततवन विराटनगरसँग पराजित भएमा लगातार चार खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाटै बाहिरिने छ ।

त्यस्तै, आजै हुने अर्को खेल एक बजे सुरु हुने छ । खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलाभेनसँग प्रतिस्पर्धा गर्दै छ । पोखराले यसअघिका तीन खेलमा लगातार पराजित भएको हुदा यो खेलमा काठमाडौंलाई पराजित गर्नुको विकल्प छैन ।

पोखराको प्लेअफमा पुग्ने सम्भावना एकदमै न्युन रहेको छ । काठमाडौंको भने यो दोस्रो खेल हो । काठमाडौँले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.