सुनसरी, मंसिर २८
सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ लवीपुरमा मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका सुनसरी रामधुनी नगरपालिका–१ झुम्का बस्ने ५० वर्षीय को अनुपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।
चौधरीलाई गत मंसिर २० गते पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २७ प २०३० नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चौधरीको एपेक्स अस्पताल ईटहरीमा उपचार पश्चात घर लगिएकोमा आज बिहान साढे १० बजे मृत्यु भएको हो ।
मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको छ भने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।