विराटनगर, मंसिर २८
विराटनगरस्थित कोशी विद्या मन्दिरले २५ औं वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । सनसारीमाईस्थान स्थित विद्यालय परिषरमा शुत्रबार आयोजित शिविरको प्रदेश नम्बर १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश कुसियैतले उद्घाटन गरे ।
विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा भएको स्वास्थ्थ शिविरमा शल्यक्रियासहित चस्मा, औषधिलगायत निःशुल्क उपलब्ध गराइएको थियो ।
शिविरमा दन्त र शरीरका विभिन्न भागको परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले जानकारी दिए । हाम्रो अस्पताल र विराटनगर आँखा अस्पतालका चिकित्सकहरुले स्वास्थ्य चेकजाँच गरेका थिए ।
विद्यालयमा अध्ययनरत ६ सयभन्दा बढी विद्यार्थीले स्वास्थ्य चेकजाँच गराएको विद्यालयका निर्देशक राजेश दासले बताए । २५ औं वार्षिकोत्सवका अवसरमा २०७५ सालभरि नै विद्यालयले विभिन्न कार्यक्रम आयोजना गर्ने दासले जानकारी दिए ।