×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारको सहभागितामा प्रदेश १ मा दुई ठूला फुटबल प्रतियोगिता हुने

२८ मंसिर २०७५

विराटनगर,मसिंर २८
प्रदेश नम्बर १ मा दुई ठूला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश नम्बर एक सरकारको सहकार्यमा प्रतियोगिता गर्ने सम्झौता भएको हो ।

शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर एक स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता र अन्र्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने समझदारी भएको हो ।

Advertisement
Advertisement

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाली फुटबलको विकासमा ऐतिहासिक सम्झौता भएको बताए । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रदेशका लागि दुवै प्रतियोगिता गौरवमय हुने बताए । दुइवटै ठूला प्रतियोगिताले प्रदेशका लागि फरक पहिचान बनाउने विश्वास लिएको अध्यक्ष शेर्पाको भनाई छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष शेर्पाले दुवै प्रतियोगिता यसैवर्ष देखि २०७९ सालसम्मका लागि रहने जानकारी दिए । जसका लागि प्रदेश सरकारले कुल २ करोड रुपैया उपलब्ध गराउने छ । प्रदेश नम्बर एकस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा प्रदेशका १४ जिल्लाबाट टोलीले सहभागिता जनाउनेछन् ।

Advertisement

यसमा उत्कृष्ट हुने दुइ शीर्ष टोली अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कपमा सहभागि हुनेछन् । त्यसैगरि, अन्र्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबलमा सातै प्रदेशका उत्कृष्ट टोली, ए डिभिजन क्लबका ६ टोली, र तीन वटा अन्र्तराष्ट्रिय फुटबल क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । यसमा बढिमा १६ वटा टोलीको सहभागिता रहनेछ । दुवै प्रतियोगिताको मिति भने, केहीसमयपछि सार्वजनिक गरिने एन्फाले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top