सरकारबाट जनअपेक्षा अनुसारको काम भएनः प्रकाशमान

सरकारबाट जनअपेक्षा अनुसारको काम भएनः प्रकाशमान

विराटनगर,मंसिर २८
वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । नेपाल सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नारामा नै सिमित भएको उनको आरोप छ ।

९ महिनाको अवधिमा सरकारले गरेका कामले जनता निरुत्साहित भएको उनले बताए । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महँगी, कालोबजारी, भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु तथा जनतामा शान्ति सुरक्षा प्रत्याभुत गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।

यस्तै कांग्रेसले सदनमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरि रहेको उनले बताए । पत्रकार सम्मेलनमा उनले सदनमा हल्ला गरेर कुर्सि भाच्दैमा प्रतिपक्षको भूमिका शसक्त नहुने बताए ।

नेपाली कांग्रेसले निर्मला हत्याकण्डको घटना तथा जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयलाई शान्तिपूर्ण तथा शालीन रुपमा सदनमा दवाव दिदै आएको बताए । नेता सिंहले पार्टीभित्रका अन्तर द्धन्दका कारण कांग्रेसले विगतको निर्वाचनमा पराजय भोग्नु परेको भन्दै पार्टीमा सुधार आवश्यक रहेको बताए ।

कांग्रेसलाई एकतावद्ध रुपमा अघि वढाउन नेतृत्वले विधि र संवाद गरेर पार्टीलाई अघि वढाउनुपर्नेमा उनले जोड दिए । अहिलेको सरकारलाई जनताले अवसर दिएकाले त्यो अवसरलाई सदुपयोग गर्नुपर्ने उनको भनाई थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.